मंसिर १२, २०८१ बुधबार

नेपाली संग विहे गरी आएका २० महिलालाई अङ्गीकृत नागरिकता



लमजुङ- नयाँ संविधान जारी भएदेखि जिल्लामा हालसम्म २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट भारतीय महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार आर्थिक वर्ष २०७२÷२०७३ देखि २०७६÷२०७७ अङ्गीकृत नागरिकता दिइएको हो । वैवाहिक अङ्गीकृत नागरिकता लिनेमा आव २०७६÷२०७७ मा पाँच, २०७५÷२०७६ मा ६, २०७४÷२०७५ मा तीन, २०७३÷२०७४ दुई र २०७२÷२०७३ मा चार जना रहेको जिप्रकाले जनाएको छ ।

संविधानमा वैवाहिक अङ्गीकृत र अङ्गीकृत गरी दुई प्रकारका अङ्गीकृत नागरिकता छ । एक प्रकारको जिप्रका र अर्को गृह मन्त्रालयबाटै वितरण हुने जिप्रकाले जनाएको छ । नयाँ नगारिकता ऐन बनेपछि भने हालसम्म २०४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिप्रकाको तथ्याङ्क छ । (रासस)