मंसिर १४, २०८१ शुक्रबार

नेपालमा जीवित देवी देखेर भारतीय सेनाध्यक्ष दंग



काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले बुधवार बसन्तपुरस्थित कुमारीको दर्शन गरेका छन् ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा ३ दिने भ्रमणमा नेपाल आएका नरवणेले धर्मपत्नी विना नरवणेसहित कुमारीको दर्शन गरेका हुन्।

दिउँसो नेपाल ओर्लेका नरवणेले नेपालमा जीवित देविको रुपमा कुमारी देखेपछि आफूलाई निकै खुसी देखिएका थिए ।

कुमारीको दर्शनपछि उनि गौशलास्थित पशुपति नाथको मन्दिर पुगेर विशेष पूजा गरेका छ् । बसन्तपुरबाट उनलाई सैन्य स्कर्टिङमा रातोपुल हुँदै पशुपति लगिएको थियो ।

उनी आजै प्रधान सेनापति पूर्णचन्द्र थापाले आयोजना गरेको डिनरमा सहभागी हुने कार्यक्रम छ ।

उनलाई भोली बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने औपचारिक कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले बताएका छन् ।

नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका नरवणेको भ्रमणलाई चासोपूर्वक हेरिएको छ । जानकारहरुका अनुसार उनको भ्रमणले राजनीतिक तहको सम्बन्धलाई अगाडी बढाउन र सीमा विवादको संवादहिनतालाई अन्त्य गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ । उनले शुक्रबार प्रधानमन्त्री केपी शर्माओली सँग बालुवाटारमा भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।