काठमाडौं । नेपालमा रहेकी भारतकाे सेना श्रीमती कल्याणकारी सङ्घकी अध्यक्ष वीना नरावणेले सैनिक श्रीमती सङ्घ नेपालका पदाधिकारीसँग भेटवार्ता गरेकी छन् ।
भद्रकालीस्थित सङ्घको कार्यालयमा अध्यक्ष दीपा थापा लगायतका पदाधिकारीसँग भएको भेटमा अध्यक्ष नरावणेलाई सङ्घद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रम र गतिविधिबारे जानकारी गराइएको थियो ।
सो अवसरमा अध्यक्ष श्रीमती नरावणेले सङ्घका अन्य पदाधिकारीसँग कल्याणकारी कार्यक्रममा केन्द्रित रही अन्तक्रिया गरेको नेपाली सेनाले जनाएको छ ।
भेटमा नेपाल सैनिक श्रीमति संघले गर्दै आएको गतिविधिबारे नरवणेले जानकारी लिदै उस्तै प्रकारको भारतमा रहेको सैनिक श्रीमति संघको बारेमा जानकारी गराएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्