–
पाँच नयाँ अनुहार
तेस्रो चरणमा छनोट भएको टोलीमा पाँच नयाँ खेलाडीले स्थान बनाउन सफल भएका छन् । बस्नेतका अनुसार ज्योति पाण्डे, सवनम राई, लक्ष्मी चौधरी, संगीता राई र निर्मला शाहीले तेस्रो चरणमा स्थान बनाएका हुन् । तेस्रो चरणमा छनोट भएका अन्य खेलाडीमा रुबिना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, शोभा आले, नेरी थापा, नीरा राजोपाध्याय, रोशनी बोहोरा, इन्दु बर्मा, सरस्वती चौधरी, अनुराधा चौधरी, रश्मि शर्मा चौलागाईं, करुणा भण्डारी र सरिता मगर छन् ।
चार टोली भिड्ने
एसिया छनोटमा आयोजक हङकङसहित नेपाल, चीन र थाइल्यान्डले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको विजेताले विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोटका लागि पपुवा न्युगिनी, स्कटल्यान्ड र जिम्बावे यसअघि नै छनोट भइसकेका छन् । बंगलादेश र आयरल्यान्डले सीधै छनोट प्रतियोगितामा स्थान बनाएका थिए । यस्तै, आइसिसी महिला च्याम्पियनसिपमा अन्तिम चार स्थानमा आउने चार टोलीले छनोट खेल्नेछन् । छनोटमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
–
सञ्चालक/सम्पादक : गगनशिला खड्का
Janamat Sanchar Pvt.Ltd.
ठेगाना : रेसुंगा २ गुल्मी
9857064841
सूचना तथा प्रसारण विभाग दर्ता नं. 68/073-074
नारीखबर विट पत्रकारितामा नयाँ अभ्यास हो । नारीको संघर्ष र मेहनेतले प्राप्त सफलता एवं समाजलाई दिएको खुसीका ‘स्टोरी’ लेखेर उत्प्रेरणा प्रदान गर्ने, हिँसा र पीडा निरुत्साहित गर्ने अनि सकारात्मक विचार, अन्तरवार्ता र लेखमार्फत जनचेतना जगाउने साथै विज्ञ विशेषज्ञका सल्लाहमार्फत महिलाका समस्या समाधानमा हाम्रो प्रयास हुनेछ । यो अभियानमा तपाईको सुझावको सदैव सम्मान गर्दछौँ ।
प्रतिक्रिया दिनुहोस्