१६ कार्तिक, काठमाडौं – केहीदिनदेखि नेपालमा धुमधाम भाईटिकाको तयारी थियो । वर्षौँदेखि टाढा रहेका दाजुभाई र दिदीबहिनीको भेटको अवसर जुट्ने संयोग तर भाईटिकाको अघिल्लो रात सोमबार भारत पाकिस्तान युद्धमा एक नेपाली युवाले ज्यान गुमाए । भाईटिकाको बिहानै धरानका बिमल तामाङ्गको मृत्यूको खवरले नेपालमा तरंग फैलियो । चिन्ता विमलको मृत्यू संगै ४० हजार नेपाली नागरीकका घरमा एकसाथ फैलियो । किनकी ४० हजार नेपाली नागरिक भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत छन् । धेरैवर्षदेखि घरमा आउन नपाएका आफ्ना दाजुभाई भाईटिकामा आउनु त कहाँ हो कहाँ भारत पाकिस्तान युद्धमा नेपाली दाजुभाई पर्ने चिन्ताले सबैलाई छायो ।
अँग्रेजसंगको युद्धदेखि नेपालीहरुले भारतलाई लडेर साथ दिए । भारतको रक्षाका लागि धेरैले ज्यान गुमाए । तर नेपालमाथी कुदृष्टि लगाएर पटक पटक नेपालीलाई दुःख दिँदै आएको भारतले नेपालीहरुको महान पर्व तिहारमा नेपाली चेलीलाई रुवाएको छ ।
गोर्खा राइफलमा कार्यरत राइफलम्यान विमल तामाङ भारत—पाकिस्तान सीमावर्ती क्षेत्र रजौरीमा सुरक्षाका लागि खटिएको बेला पाकिस्तानी फौजको आक्रमणमा मृत्यु भएको हो । भारतीय सेनाका प्रवक्ता कर्नेल मनिष मेहेताले तामाङको मृत्यु पुष्टि गर्दै पाकिस्तानी पक्षले बिना सूचना फायरिङ खोल्दा घटना भएको बताए। ‘पाकिस्तानी क्षेत्रबाट कुनै सूचना नदिई फायरिङ भयो । जवाफमा हाम्रो पक्षबाट पनि पाकिस्तानी फौजमाथि प्रभावकारी जवाफी आक्रमण भयो’, उनले भने । आफ्नी आमासँग बस्दै आएका २० वर्षे उनी भारतीय गोर्खा रेजिमेन्टमा भर्ती भएको धेरै भएको छैन ।
सन् १९४७ मा नेपाल—वेलायत—भारतबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालीहरु भारतीय सेनामा कार्यरत छन्। ७ गोर्खा रेजिमेन्टभित्र ४० बटालियन छन्। करिब ४० हजार नेपाली नागरिक भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत छन्। उनीहरुलाई भारतले सबैभन्दा जोखिमपूर्ण पाकिस्तानसँगको युद्धमा परिचालन गर्दै आएको छ। कस्मिरको पहाडी भूभागमा लड्न भारतले गोर्खा रेजिमेन्ट परिचालन गरेको यो पहिलो पटक होइन।
यो घटनासंगै पछिल्लो पटक भारत—पाकिस्तानबीच चुलिँदै गएको तनाबको बाछिटा नेपालसम्म आइपुगेको छ । ४० हजार नेपाली दाजुभाई भारतीय सेनामा कार्यरत छन्, भाईटिकाकै अघिल्लोराती धरानका विमलको युद्धमा मृत्यू भएपछि ४० हजार दाजुभाईका लाखौँ नेपाली चेली भाईटिकामा घर आउन नपाएका दाजुभाई सम्झेर भक्कानिएका छन् ।
धरानका विक्रम सिँ मोक्तानले भारतले पर्वको बेला नेपाली चेली रुवाएकोमा चिन्ता र आक्रोश पोखेका छन् । ‘कहिले सम्म ? के ई विर नेपाली हरुको भारत र नेपाल लाई केही कदर छ ? के भारतले नेपालीको मुल्य बुझेको छ ?’ उनले भनेका छन् ‘ र हाम्रा दलाल नेता हरुले नेपालीको भविष्य बारे चिन्तित छन् ? सायद नेपालीको जिवन घरको न घाटको छ ।’
प्रतिक्रिया दिनुहोस्