७ पुस, दाङ – अर्काको विबाहमा जएको बेला बेहुला पक्षका जन्तीले साली भन्दै केटी जिस्काउने गर्दछन् । तर दामा यसरी जन्ति गएको बेला यूवति जिस्क्याउने यूवाले महंगो मूल्य चुकाउनु परेका ेछ । युवतीलाई जिस्क्याउँदा उनी भागेर बच्न त सफल भएका छन्, तर उनको मोटरसाइकल भने ध्वस्त भएको छ ।
बुधबार साँझ सौडियार ४ निवासी राज चौधरी धर्ना गाविस २ कप्तान चोकमा एउटा विवाहमा सहभागी हुन गएका थिए । रा१प ५३६१ नम्वरको मोटरसाइकल चढेर गएका उनले त्यहाँ एकजना केटीलाई जिस्काए । उनले केटी जिस्काएको हल्ला चलेपछि क्षणभरमै त्यहाँ उनीमाथि आक्रमण सुरु भयो । त्यसपछि उनले भागेर ज्यान बचाए, तर मोटरसाइकल भने आगोले खरानी भयो । आक्रोशित स्थानीय वासिन्दाले उनको मोटरसाइकलमा आगजनी भएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्