मंसिर १३, २०८१ बिहीबार

छात्रा बलात्कारको आरोपमा हेडसर पक्राउ



pk८ पुस, रामेछाप- जनजागृति उच्च माध्यमिक विद्यालय बेतालीका प्रधानाध्यापक गोविन्दबहादुर खत्री आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । कक्षा ८ मा अध्ययनरत १४ वर्षिय छात्रालाई बलात्कार गरेको आरोप लागेपछि फरार रहेका प्रहरीले १० महिनापछि पक्राउ गरेका हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक प्रेम जोशीका अनुसार ०७१ साल चैत्रमा छात्रालाई ललाइफकाई बलात्कार गरेको आरोप लागेको थियो ।  परीक्षाको बारेमा केहि कुरा गर्नुछ भन्दै बेताली खोलामा बोलाएर बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो । पीडितका छात्राका बुबाका अनुसार परीक्षा सकिएपछि खत्रीले परीक्षाको बारेमा केहि कुरा गर्न भन्दै लिएर गएका थिए । त्यहीँ साँझ जबर्जस्ती करणी गरेका हुन् ।
त्यसपछि फरार रहेका उनलाई सदरमुकाम मन्थलीबाट पक्राउ गरीएको हो । उनलाई पुर्पक्षको लागि जिल्ला कारागार रामेछापमा पठाइएको जोशीले बताए ।