मंसिर १३, २०८१ बिहीबार

६० किशोरी बेचिनबाट बचे



bikri८ पुस, काठमाडौं –  काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट मात्रै वर्ष दिनमा ६० किशोर बेचिनबाट जोगाएको तथ्याङ्क सार्वजनिक गरिएको छ। विश्वास नेपाल नामक सामाजिक संस्थाले वैदेशिक रोजगारीको बाहनामा बेचिन लागेको ६० किशोरीको उद्धार गरेको जनाएको छ।

सन् २०१६ को डिसेम्बर १५ सम्म डान्स, दोहरी, क्याबिन रेष्टुरेन्टलगायत मनोरञ्जनका क्षेत्रमार्फत बेचिन लागेका किशोरीहरुको उद्धार गरिएको विश्वास नेपाल’की अध्यक्ष तारा भण्डारीले बताइन्। यी सबै किशोरहरु १८ वर्ष मुनिका छन्।

भूकम्पपछि बालबालिका तथा किशोरी बढी जोखिममा रहेको उक्त संस्थाले जनाएको छ।