मंसिर १३, २०८१ बिहीबार

सचिव र प्रहरी महानिरीक्षकलाई माफी मगाईन् एउटी महिलाले



gayatri-nepal११ पुस, काठमाडौं – परराष्ट्र मन्त्रालयले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उनकी पत्नी गायत्री नेपालसँग आफूहरुको कमजोरीका कारण टर्कीमा दुःख पाएको भन्दै माफी मागेको छ ।

नेपाल दम्पती अमेरिकाबाट नेपाल फर्केलगत्तै परराष्ट्रसचिव शंकरदास वैरागी, राहदानी विभागका प्रमुख सुशील लम्साल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतका अधिकारीहरु नेपाल निवास पुगेर माफी मागेका हुन् ।

समाचारमा जनाइए अनुसार सचिव वैरागी र विभाग प्रमुख लम्सालले इस्तानबुल अध्यागमनको घटनाले आफूहरुलाई दुःखी बनाएको भन्दै नेपाल दम्पत्तिसँग माफी मागेका हुन् ।

प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको कुनै दोष नरहेको भन्दै घटनाप्रति दुःख व्यक्त गरेका थिए ।
राहदानी विभागका प्रमुख लम्सालले भने, ‘हामी त्यसबेला भर्खर एमआरपी बनाउने काममा लागेका थियौं, नियतबश नभए पनि कमजोरी भयो । सचिव ज्यू र म गएर हामीले आफ्नो कमजोरी स्वीकार्यौ ।’ लम्सालले यो घटनाबाट आफूले महत्वपूर्ण पाठ सिकेको वताएका छन् ।

एमआरपी बनेपछि पहिलाजस्तो सूचना निकाल्नुनपर्ने र सीधै इन्टरपोलमा नम्बर दिनुपर्ने भएकाले त्यस्तो गल्ती भएको उनको भनाइ उद्धृत गर्दै अन्नपूर्ण पोष्ट दैनिकमा बालकुमार नेपालले समाचार लेखेका छन् ।
परराष्ट्र मन्त्रालयको हेलचेक्रयाइँका र नेपाल प्रहरीको असाबधानीका कारण पूर्वप्रधानमन्त्री मावध पत्नी गायत्री टर्कीको इस्तानबुलस्थित अध्यागमनको २० घण्टा नियन्त्रणमा परेकी थिइन् ।