१५ वर्षअघि मात्रै जोरपाटीमा रामशरण गिरीले छोरीहरूलाई तेक्वान्दो सिकाउँदा कतिपयले कुरा काटे ‘छोरीलाई खेलाएर बिगार्ने भए ।’ १५ वर्ष वित्यो, तिनै कुरा काट्नेले जिब्रो टोक्छन ‘ओहो छोरी होउन त रोमी गिरी र रोजीगिरी जस्ता पो ।’ उनीहरुमध्ये कतिपयले भन्छन् ‘हाम्रा छोराछोरीलाई पनि खेल सिकाईदिनुप¥यो ।’
तेक्वान्दोकी राष्ट्रिय रेफ्री रोमीकी बहिनी रोजी तेक्वान्दो थर्ड डन हुन । आठ कक्षामा अध्ययनरत रोशन पनि तेक्वान्दोका ब्ल्याक बेल्ट भईसके । उनीहरुसंगै जोरपाटीका गिरी परिवारका सातआठजना तेक्वान्दो र गरिमा गिरी करातेमा छन् । उनी करातेकी अन्तराष्ट्रिय खेलाडी हुन् । केही समयअघि भुटानमा भए अन्तराष्ट्रिय कराते प्रतियोगितामा उनले स्वर्ण पदक हात पारेकी थिइन् ।
‘गिरी परिवारमा अघोषित नीति नै बनेको छ,’ थर्ड डान रोजी भन्छिन् ‘गिरी परिवारका प्रत्येक घरबाट एकजनाले खेललाई आत्मसात् गर्नुपर्छ । गैरीगाउँ तेक्वान्दो डोजाङ बौद्ध जारेपाटीबाट खेल्न थालेको गिरी परिवारमा जन्मेका प्रत्येक घरका एकजना स्पोर्ट पर्सन पनि छन् । त्यसले भविष्यमा पनि निरन्तरता पाउनेछ ।’
२०५८ सालमा तेक्वान्दो सिक्दा रोमीलाई खेलको महत्व थाहा थिएन । तर अहिले आफू जुन धरातलमा उभिएकी छन, काका काका सोभित गिरीकै प्रेरणाबाट यो संभव भयो । ‘काका नहुनुभएको म यो अवस्थामा हुने थिइनँ ,’ – उनले भनिन् । तेक्वान्दोका फिप्थ डान सोभित गिरी राष्ट्रिय रेफ्रीसमेत हुन् । आफू खेलाडी भएसंगै उनले आफूले हिँडेको बाटोमा बहिनी र भाइलाई पनि डोर्याइन् । खेल्दै पढ्दै संघर्षको यात्रा अगाडी बढाएकी रोमीले एमबीए पढ्दै गरेर उनले वाणिज्य मन्त्रालयमा जागिरे जीवनसमेत सुरु गरी सकिन् । दिदीको प्रगति देखेर बहिनी रोजी गिरी कम्ती खुसी छैनन् । ‘पढाइका साथै खेललाई सँगसँगै प्राथमिकतासहित अघि नबढाएको भए दिदीले यो सफलता पाउने थिइनन्’, उनले भनिन् ।
आफ्नो प्रगती भन्दा आफूले देखाएको बाटोमा हिँडेकी बहिनेको उच्च प्रगति देखेर रोमी झन् खुसी छन् । तेक्वान्दोका थर्ड डान रोजी उनी मिस टिन नेपाल २०१५ फस्र्ट रनरअप पनि हुन् । ‘मिस टिनको त्यो ताज पहिरिन खेलको पनि भूमिका रहेको छ ,’ – बहिनी रोजीको प्रशंसा गर्दै रोमीले भनिन् । दिदीबहिनीको यो लोभलाग्दो परिचय बनाउन शिक्षाको मुख्य भूमिका छ । त्यसैले आफूले सिकेको सीप तथा ज्ञान पाँचवटा स्कुलका विद्यार्थीलाई सिकाउँदै आएका छन् । ‘ज्ञान र सीप हस्तान्तरण गर्दै जानुपर्छ ,’ उनी भन्छन् ।
खेल सिकाउन त काकाको भुमिका भएन तर राष्ट्रिय रेफ्रीलाई रोमीलाई यहाँसम्म आइपुग्न त्यति सजिलो थिएन । खेलमा यो करियर बनाउन उनलाई ‘मिसकम्युनिकेसन’ र ‘जेनेरेसन ग्याप’ ले दुःख दिएको दिईरह्यो । ‘सानोका कुरा ठूलोले बुझ्न नचाहँदा र अग्रज खेलाडी र आफूबीच विचार नमिल्दा पनि अप्ठ्यारोमा परेकी थिएँ र छु,’ उनले दुःखेसो पोखिन, ‘त्यो होइन यो सही हो भन्दा बाठी हुन्छेस् भनेर अवसरका ढोका बन्द पनि गरिदिएका छन् । त्यस्ता घृणित कामले मेरो करिअरमा ठेस लागेको छ ।’ रोमी आफू यूएस एम्बेसी यूथ काउन्सील मेम्बर समेत रहेर शान्ति र विकासका लागि खेलकुदको भूमिकाको विषयमा बक्ताको रुपमा प्रवचन समेत दिएकी थिईन ।
तर, बहिनी रोजीले भने त्यस्तो कठिनाइ भोग्न परेन । काकापछि दिदीको पदचाप पहिल्याउँदा उनलाई सजिलो भयो । ‘दिदीले तेक्वान्दोलाई व्यवस्थित र व्यावसायिक खेल बनाएर लैजाने ध्याउन्नमा छन् । त्यसले पक्कै आकार पाउनेछ । त्यस काममा मेरो पनि सहयोग हुनेछ,’ रोजीले दाबी गरिन, ‘खेलमार्फत शान्ति र विकास गर्ने मेरो पनि भिजन छ । त्यसैले म पनि दिदीले हिँडेको बाटोमै हिँड्न मन पराएकी हुँ ।’
कानुनमा स्नातक अध्ययनरत उनले स्नातकोत्तर गरेर लैंगिक समानताका लागि ‘पिसफुल सोसाइटी’ बनाउने प्रयत्नमा लाग्ने भावी योजना सुनाइन् । ‘खेलबाट के सम्भव छैन,खेलबाट जेन्डर इक्वालिटी सम्भव छ । शान्ति र विकास पनि सम्भव छ ।’ उनले भनिन् ।
रोमीकै पहलमा प्यारा ओलम्पिक कमिटी गठन भएको छ । नेपालमा हातखुट्टा नभएकाले पनि खेल खेल्छन् र भन्नेलाई यो कमिटीले गतिलो जवाफ दिएको छ । उनलाई तासी मिया, दीपक विष्टलगायतको साथ सहयोग छ । तेक्वान्दोमा तुरुन्त परिवर्तन गर्न नसकिए पनि भविष्यमा समाधान गर्न लागिपरेकी रोमीले तेक्वान्दोमा हाम्रो पुस्ताले भोगेको दुःख आउने पुस्ताले भोग्न नपरोस् भन्ने चाहन्छिन् ।
खेलकुद क्षेत्रमा आफूले यसरी मेहनेत गर्नुको कारण पुरुषको दाँजोमा महिला खेलाडीलाई खेल्न सजिलो छैन । महिलाको शारीरिक बनावटले समेत दुःख दिने गरेको छ । तर पनि, रोमी र रोजीहरूले सानातिना दुःखलाई दुःख मान्दैनन् । चार हजार तेक्वान्दो खेलाडीमध्ये फरक पहिचान बनाउन लागेका उनीहरूको सामूहिक भनाइ छ, ‘खेलमा महिला उपस्थिति बढाउन सशक्तीकरण आवश्यक छ । शारीरिक विकास गर्न त्यत्तिकै जरुरी छ ।’ ‘हेल्थ इज वेल्थ’ त्यत्तिकै भनिएको होइन । खेलले स्वस्थ रहन सकिन्छ । मस्तिष्क ताजा बनाइराख्ने रोजीको भनाइ छ ।
तिमीले पढ्यौ, जागिर गर्छौ, अन्तर्रा्ष्ट्रिय खेलाडी हौ तर हाम्रो त पदकमात्रै छ भनेर अग्रज खेलाडीले भन्दा शिक्षित खेलाडी हुनुको आनन्द रोमीले अनुभूत गरेकी छन् । खेलमा भविष्य छैन भन्नेका लागि उनको जवाफ छ, ‘खेलबाट नाम, दाम र सम्मान पनि पाइन्छ । यसले नेतृत्व विकास गर्न सघाउँछ ।’
पश्चिमा देशमा खेलमै पीएचडी गर्ने सुविधा हुन्छ । हाम्रोमा त्यो अवसर छैन । खेलकुदलाई पाठ्यक्रममा समेत समेटिएको छैन । विदेशमा खेलको म्युजियम हुन्छ । खेलाडीको प्रतिमा बनाएर इज्जत गरिन्छ । हाम्रोमा खेलमै स्नातकोत्तरसम्मको पढाइ भए खेल विकासमा टेवा पुग्ने रोमीको भनाइ छ । त्यस काममा आफू अग्रसर हुने उनको योजना छ । अमेरिकी दूतावास काउन्सिल मेम्बरसमेत रहेकी उनले सुझाइन्, ‘खेललाई गरिखाने भाँडोमात्रै बनाउनहुँदैन ।’ रातोपाटीबाट
प्रतिक्रिया दिनुहोस्