मंसिर १३, २०८१ बिहीबार

अन्तराष्ट्रिय नारी दिवसमा लोक दोहोरी र सडक नाटक



रामेछाप  – १०७ औ‌ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिला तथा बालबालिका कार्यालय रामेछापले लोकदोहोरी प्रतियोगिता र सडक नाटक प्रदर्शन गर्ने भएको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी मनाउने निर्णय गरी त्यही अनुरुपको तयारीमा कार्यालय लागेको महिला विकास अधिकृत सत्यदेवी अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा महिला हिंसाका घटना निरन्तर भइरहेकाले पनि लोकदोहोरीका माध्यमबाट चेतना छर्दा सकरात्मक सन्देश जाने उहाँले बताउनुभयो ।

उहाँले सोही अवसरमा महिला हिंसा न्यूनीकरण गर्न चेतना प्रवाह गर्ने किसिमका सडक नाटक समेत प्रदर्शन गरिने जानकारी दिनुभयो ।
‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ भन्ने मूल नाराका साथ १०७ आंै अन्तर्राष्ट्रिय नारी दिवस देशैभर फाल्गुण २५ गते मनाइदैं छ ।