मंसिर १३, २०८१ बिहीबार

‘महिला कुशल व्यवस्थापक’ : अन्सारी



Mohana Ansari

काठमाडौं ( राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले महिला एक कुशल व्यवस्थापक भएकाले राज्य र राजनीतिक दल दुवैले महिलाको क्षमता पहिचान र कदर गर्नुपर्ने बताएकी छन् ।

अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा हरियो वन कार्यक्रमका साझेदार संस्थाहरुद्धारा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक सय एक क्षमतावान महिला भएपनि राज्य र दल कसैले नचिनेको गुनासो गरीन । महिला एक कुशल व्यवस्थापक भएको विभिन्न अध्ययन र अनुभवले प्रमाणित गरिसकेको र यो क्षमता महिलाको जन्मसिद्ध क्षमता भएको उनको भनाई थियो ।

महिला सशक्तिकरणका लागि समान सहभागिता र सहकार्य जरुरी रहेको भन्दै यसले पुरुषको अधिकार हनन वा स्थान खोसिने नभई समाजलाई बलियो बनाउने उनले बताईन ।

कार्यक्रममा वन तथा भूसंरक्षण मन्त्रालयका उपसचिब मधु घिमिरेले महिला सशक्तिकरणका लागि शिक्षामा जोड दिनुपर्ने बताईन । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका विनिता भटराइले महिलाको विषय सवै क्षेत्रसँग गाँसिएको हुँदा सवै कार्यालय तथा संघसंस्थाहरुले महत्वका साथ महिलाका विषयमा जोड दिनुपर्ने बताईन ।
यसैगरि सामुदायिक वन उपभाक्ता महासंघका अध्यक्ष गणेश कार्की, डब्लुडब्लु एफका डा. घनश्याम गुरुङ, लगायतले वन व्यवस्थापनमा महिलाहरुले अतुलनिय योगदान गरेको भन्दै महिलाको व्यवस्थापनमा सुशासन कायम हुने बताएका थिए ।

महिला सम्मानको आधारः सीपियुक्त हात र स्वरोजगार भन्ने नाराका साथ भएको कार्यक्रममा हरियो वन कार्यक्रमले वन व्यवस्थापन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा योगदान पुरयाएको भन्दैसामाजिक अयिभानत ४ जना महिलालाई सम्मान गरे । सम्मानित हुनेमा स्याङजाका सावित्र विक, वर्दियाका कमला ज्ञवाली, नवलपरासीका कमला आले र चिनवनका डोमा पौडेल रहेका छन् ।