स्थानीय तहको निर्वाचन नजिकिँदै थियो, त्यसैले सबै पत्रपत्रिकाकामा लगभग मुख्य समाचारहरुमा चुनावी समाचार नै प्राथमिकतामा थिए । रेडियो नेपालमा कार्यरत म बिहानै ६ बजे पुगेर पत्रपत्रिका हेर्दैै गर्दा ‘महिला उम्मेदवारको खडेरी’ शिर्षकमा आँखा प¥यो, हेरेँ गुल्मीकै समाचार पो रहेछ । मैले दश बर्ष गुल्मी बसेर पत्रकारीता गर्दा धेरै महिला नेतृहरु संग सहकार्य गरेकी थिएँ, महिलाहरु तँछाड मछाड गर्दै नेतृत्वका लागि संघर्षरत थिए ।गुल्मीमा राजनिति गर्ने, सामाजिक क्षेत्रमा क्रियाशिल र आमा समुह, महिला समुहमा आबद्ध महिलाहरुको कार्यशैली, काम गर्ने तरिका र क्षमताको बारेमा राम्रै जानकारी थियो, तर पत्रिकाको समाचार शिर्षक देखैरै अचम्म लाग्यो । मलाई लागेको थियो, बर्षौँदेखि आफ्नो दिलोज्यान दिएर खाइ नखाई राजनितिमा होमिएका महिला नेतृहरुले बल्ल जनमत लिएर काम गर्ने अवसर पाउने भए । उनीहरुलाई अबसर प्रदान गर्ने सुनौलो मौका पनि हो यो । १९ बर्षपछि हुन लागेको स्थानिय तहको निर्वाचनको चर्चा संगै गुल्मीमा राजनिति गर्ने, सामाजिक संघसंस्थामा काम गर्ने महिलाहरुमा पनि एउटा छुट्टै खालको उत्साह छाएको थियो । लाग्यो समाचारमा जे भएपनि महिलाहरुले नेतृत्व गर्ने अवसर पाउनेछन् । एकदुईदिन देखि गुल्मीमा धमाधम दलहरुले उम्मेदवार घोषणा गरे । समाचारमा लेखेजस्तै भयो, १० गाउँपालिका र २ नगरपालिकामध्ये एउटामा पनि महिला प्रमुख पदको उम्मेदवारका रुपमा भेट्टीएनन् । आफ्नो घरपरिवारको जिम्मेवारी समेत छाडेर रातदिन राजनितिमा योगदान गरेका महिलाहरु धेरै भएपनि प्रमुख पदमा महिलाहरुको खडेरी नै देखियो । योग्य महिला नभएर होईन, महिलालाई योग्य नै नदेख्नेहरुको कृत्रिम खडेरी ।
गुल्मी जिल्ला हिँजोदेखि नै महिला नेतृत्वको हिसावले गुल्मी कमजोर जिल्ला किन पनि होईन भने यहाँका महिलाले कार्यपालीकाको जिम्मेवारी सम्हालेर जिम्मेवारी पूरा गरीसकेका छन् । संघ संस्थाको नेतृत्व र स्थायी सरकारको रुपमा मानिने निजामति क्षेत्रमा त गुल्मेली महिलाको बर्चश्व नै छ । गुल्मेली चेली राधा ज्ञवाली उर्जामन्त्री सम्हालीसकेकी छन भने बर्तमान सरकारमा सुवर्ण ज्वारचन पनि राज्यमन्त्रीको रुपमा बहाल नै छन् । चर्चित नेतृ रामकुमारी झाँक्रीहरु जन्मेको जिल्लापनि गुल्मी नै हो भने दिलशोभा पुन, सिर्जना तरामु, कमला विश्वकर्मा व्यवस्थापिका संसदमा सदस्य छन् ।
देशकै ठुलो दल नेपाली काँग्रेस गुल्मीले पनि कुनै स्थानिय तहमा महिलाहरुलाई प्रमुख पदमा अगाडी सार्न सकेन । लामो राजनितिक संघर्ष गरेका महिलाहरु नेपाली काँग्रेसमा नभएका होइनन् । राजनिति र पार्टीका लागि आफ्ना सबै व्यक्तीगत सुखसुबिधाहरु त्यागेर धेरै बर्ष देखी नेपाली काँग्रेसको राजनितिमा सक्रिय नेतृ हुन् नेपाली काँग्रेस गुल्मीकी सचिब बिष्णु कुमारी सापकोटा । राजनितिमा गरेको त्याग, योगदान, निरन्तरको क्रियाशिलता अनि सापकोटाको बारेमा राष्ट्रिय दैनिक र अनलाईनहरुमा व्यापक रुपमा प्रकाशित भएका समाचारहरु हेर्दा लाग्थ्यो उनी मुसिकोट गाउँपालिकाकी त्यो पार्टीकी निर्विकल्प मेयर पदकी उम्मेदवार हुन् । तर उनलाई पनि त्यो पार्टीले प्रमुख पदका लागि लायक ठान्न सकेन् । कृष्णहरी सापकोटाको तुलनामा बिष्णु सापकोटाको पार्टीमा लगानी,मेहनत र योगदान कयौँ गुना बढी थियो भन्ने लाग्छ । नेपाली काँग्रेसमा उनी मात्रै होइन क्षमता भएका अरु पनि थुप्रै महिलाहरु छन् । अमृता कुँवर, भगवती काफ्ले भण्डारी, लक्ष्मी पाण्डेय जस्ता महिला नेतृहरु जो नगर र गाउँ हाक्न सक्ने क्षमता राख्दछन् ।
पहिलो चरणको निर्वाचनमा आफ्नो राम्रो जनमत आएको भन्दै सबैको मत पाएर छाती फुल्याउने एमालेले पनि गुल्मी जिल्लामा लामो समय देखी राजनितिमा क्रियाशिल नेतृहरुलाई प्रमुखको रुपमा पत्याएन । मैना भण्डारी, नर्मदा भण्डारी, कमला शर्मा, ललिता गौतमहरु पुरुष उम्मेदवार भन्दा कमजोर करार भए । के मैना, नर्मदा, कमला र ललिताहरुसंग काम गर्ने क्षमता थिएन ? कि राजनितिमा उनीहरुको योगदान थिएन ? यी मध्ये कमला मुसिकोट नगरपालिकाको उपमेयर र नर्मदा छत्रकोट गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेदवार छनौट भएका छन् ।
देशमा १०० महिला बराबर ९४.१६ पुरुष हुँदा १०० महिला बराबर जम्मा ७६ मात्र पुरुष हुने जिल्ला गुल्मीमा मतदाता पनि पुरुषको तुलनामा महिला नै बढी छन् । धेरै महिला जनसंख्या र मतदाता हुने यो जिल्लाका गाउँ नगरहरुमा प्रमुख पदमा महिला नहुनु कत्तिको दुःखद हो ? दलहरुले यसबारेमा बेलैमा विचार गर्लान कि ?
स्थानीय तहको प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने बाध्यकारी कानुनी व्यवस्थाले मात्र यी महिलाहरुले दोश्रो पदमा अवसर पाए, नत्र उनीहरु एपप्रमुखका लागि पनि योग्य हुने थिएनन् भन्नेमा दुईमत छैन । काँग्रेस र एमाले मात्रै होइनन्, महिला, दलित जनजाती र सिमान्तीकृत बर्गका अधिकारका लागि लडाई लडेको भन्दै ति पार्टीलाई पुरातनबादीको आरोप लगाउने माओवादी केन्द्रले पनि महिलालाई प्रमुखको उम्मेदवार नबनाएको देख्दा निकै लज्जाजनक अवस्था सिर्जना भएहोला जिल्लामा । दश बर्षे जनयुद्धका बेला महिलाहरुलाई कमाण्डरको रुपमा जिम्मेवारी सुम्पेर युद्धमा जित हासिल गरेको सर्वहारा वर्गको पक्षपाती र समाबेशी पार्टीको रुपमा आफूलाई दावी गर्ने माओवादीकेन्द्रको भाषण ब्यबहारमा त खुईलियो । जनयुद्धमा पुरुषसंगै बन्दुक बोकेर हिँडेका, तीनचार वर्ष जेलजीवन भोगेका, पुरुषले भन्दा बढी जनताका पिडा मर्का र आवस्यकता बुझेर लड्ने, पुरुषले भन्दा राम्रो भाषण गर्ने माओवादीका महिलाहरु पनि गाउँनगरको प्रमुखको योग्यताको अंक भेट्याउन सकेनन् ।
काँधमा राइफल र पेटमा बच्चा बोकेर युद्धको मोर्चा सम्माहालेका ललिता बराल, रिज्जु श्रेष्ठ, गिता थापा, विनिता पोख्रेल, योजना बुढा, लगायतका माओवादी नेतृहरुको अंक प्रमुख पदका लागि कम नै भयो । काँग्रेस, एमाले, माओवादीका टिकट दिनेहरुलाई त सहज नै भयोहोला महिला योग्य छैनन भन्नका लागि तर महिलाहरुको क्षमता देखेका जनताले भने लाज मानेका छन् दहिरुको निर्णय देखेर ।गुल्मी जिल्ला हिँजोदेखि नै महिला नेतृत्वको हिसावले गुल्मी कमजोर जिल्ला किन पनि होईन भने यहाँका महिलाले कार्यपालीकाको जिम्मेवारी सम्हालेर जिम्मेवारी पूरा गरीसकेका छन् ।
संघ संस्थाको नेतृत्व र स्थायी सरकारको रुपमा मानिने निजामति क्षेत्रमा त गुल्मेली महिलाको बर्चश्व नै छ । गुल्मेली चेली राधा ज्ञवाली उर्जामन्त्री सम्हालीसकेकी छन भने बर्तमान सरकारमा सुवर्ण ज्वारचन पनि राज्यमन्त्रीको रुपमा बहाल नै छन् ।चर्चित नेतृ रामकुमारी झाँक्रीहरु जन्मेको जिल्लापनि गुल्मी नै हो भने दिलशोभा पुन, सिर्जना तरामु, कमला विश्वकर्मा व्यवस्थापिका संसदमा सदस्य छन् । एकपछि अर्को सक्षम महिला नेतृत्व उत्पादन गरेको जिल्लामा राजनीतिलाई नै मुख्य पेशा बनाएर जनताका विचमा हुँदाहुँदैपनि जिल्लामा दोश्रो चरणमा हुन गइरहेको स्थानिय तहको निर्वाचनमा कुनै पनि दलले प्रमुख पदमा एक जना महिला सिफारीस गर्न नसक्नु आम महिलाहरुका लागि विडम्वना हो । देशमा १०० महिला बराबर ९४.१६ पुरुष हुँदा १०० महिला बराबर जम्मा ७६ मात्र पुरुष हुने जिल्ला गुल्मीमा मतदाता पनि पुरुषको तुलनामा महिला नै बढी छन् ।धेरै महिला जनसंख्या र मतदाता हुने यो जिल्लाका गाउँ नगरहरुमा प्रमुख पदमा महिला नहुनु कत्तिको दुःखद हो ? दलहरुले यसबारेमा बेलैमा विचार गर्लान कि ?
प्रतिक्रिया दिनुहोस्