कालीकोट – जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ। शनिबार बिहान सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको छ।
कालीकोट – जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ। शनिबार बिहान सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको छ।
जिल्ला अस्पताल कालीकोटमा उपचार गर्न नसकिने बताएपछि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको श्रीमान् रामबहादुर फर्साललाई उद्धृत गर्दै सिंहराज फर्सालले बताए। मृतक गोरीकला फर्सालका पाँच छोरी रहेको बताइएको छ।
जिल्ला अस्पताल कालीकोटका अनुसार गएको महिना बच्चा जन्माउन नसक्दा एक महिलाको मृत्यु भएको थियो।
तिलागुफा नगरपालिका निवासी एक महिलालाई सरकारले हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज ल्याउँदा मृत्यु भएको थियो। जिल्ला अस्पताल कालीकोटका प्रमुख रवीन खड्काले स्रोत साधनको अभावका कारण उपचार गर्न नसकिएको बताउछन्। रासस
सञ्चालक/सम्पादक : गगनशिला खड्का
Janamat Sanchar Pvt.Ltd.
ठेगाना : रेसुंगा २ गुल्मी
9857064841
सूचना तथा प्रसारण विभाग दर्ता नं. 68/073-074
नारीखबर विट पत्रकारितामा नयाँ अभ्यास हो । नारीको संघर्ष र मेहनेतले प्राप्त सफलता एवं समाजलाई दिएको खुसीका ‘स्टोरी’ लेखेर उत्प्रेरणा प्रदान गर्ने, हिँसा र पीडा निरुत्साहित गर्ने अनि सकारात्मक विचार, अन्तरवार्ता र लेखमार्फत जनचेतना जगाउने साथै विज्ञ विशेषज्ञका सल्लाहमार्फत महिलाका समस्या समाधानमा हाम्रो प्रयास हुनेछ । यो अभियानमा तपाईको सुझावको सदैव सम्मान गर्दछौँ ।
प्रतिक्रिया दिनुहोस्