मंसिर १४, २०८१ शुक्रबार

राज्यमन्त्री प्रसाँईद्वारा कृषि गोदामघर निरीक्षण



भद्रपुर, २२ भदौ । कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन कार्यान्वयन एकाइ झापामा सञ्चालित कार्यक्रमबाट स्थानीय कृषकमात्र नभई समग्र राष्ट्रलाई फाइदा हुने बताइन् ।
झापाको कचनकवलस्थित पोष्ट हार्भेष्ट सेन्टर (गोदाम घर) तथा कष्टम हायरिङअन्तर्गतका कृषि औजार एवं उपकरणको बुधबार निरीक्षण एवं अवलोकन गर्दै उनले सो कुरा बताएकी हुन् । कृषि राज्यमन्त्री प्रसार्इंले परियोजनाले स्थानीयस्तरमा भविष्यमा ठूलो योगदान दिने चर्चा गर्दै एक वर्षको अवधिमा सुपरजोन कार्यक्रमअन्तर्गत भएका प्रगतिको गरिन् ।
परियोजनाको महत्व एवं उपादेयताको बारेमा आम नागरिक तथा किसान सुसूचित हुनुपर्ने धारणा राख्दै राज्यमन्त्री प्रसार्इंले परियोजनाको कार्य क्षेत्र अझ विस्तार हुनसकेमा आम किसान लाभान्वित हुने कुरामा जोड दिइन् ।
यसैगरी, कृषि राज्यमन्त्री सरिता प्रसार्इंले झापाको बनियानीस्थित सुपरजोन कार्यालयको निरीक्षण एवं अवलोकन गरिन् ।साथै, कृषि राज्यमन्त्री प्रसार्इंले झापाको बिर्तामोडस्थित पूवार्ध डेरी उद्योगको निरीक्षण एवं अवलोकन गरिन्  भने नेपाल अलैँची व्यवसायी महासंघ, केन्द्रीय कार्यालय, बिर्तामोड, झापाले राज्यमन्त्री प्रसार्इंलाई स्वागत एवं सम्मान पनि गरेको थियो । रासस