मंसिर १४, २०८१ शुक्रबार

सञ्चारीकाकी महासचिब सहित १० पत्रकार महिला राष्ट्रपतीद्धारा पुरस्कृत



Council

सञ्चारिका समूहकी महासचिव कमला पन्थी ‘सहित १० जना पत्रकार महिला पुरस्कृत भएका छन् । प्रेश काउन्सिल नेपालले विभिन्न विधामा १० जना पत्रकार महिलालाई राष्ट्रपती विद्यादेवी भण्डारी मार्फत पुरस्कार प्रदान गरेको हो । शुक्रबार राष्ट्रपति भवन सितलनिवासमा आयोजित कार्यक्रममा पन्थीलाई महिला सशक्तिकरण पत्रकारीता पुरस्कार’ बाट पुरस्कृत गरिएको हो । रेडियो कान्तिपुरमा विगत लामो समयदेखि महिला सशक्तिकरण र कानूनी पहुँच सम्बन्धी कार्यक्रम संचालन गर्दै आएकी पन्थी सहित रुपन्देहीकी इन्दिरा अर्याल, सुर्खेतकी टिका विष्ट, बाग्लुङकी कोपिला कडेँल, मकवानपुरकी अन्जली थापालाई प्रदान गरिएको हो ।यसैगरि ललितपुरकी रामकुमारी श्रेष्ठलाई ‘सशक्त सञ्चारकर्मी पुरस्कार’, सुनसरीकी महेशकुमारी ममता चौधारी र काठमाडौंकी विजेता चौधरीलाई समावेशी पुरस्कार, सुनसरीकी सीता मादेम्वालाई युवा सशक्तिकरण पत्रकारिता पुरस्कार र सशक्त लेखन पत्रकारिता पुरस्कार रुपन्देहीकी माया केशीलाई प्रदान गरिएको छ । पुुरस्कारको राशी जनही दश हजार रुपैयाँ रहेको छ ।