काठामाडौं – अमेरिकामा चर्चित नेपाली अधिकारकर्मी नर्बदा क्षेत्री क्वीन्स एम्बासडर अवार्ड २०१७ बाट सम्मानित भएकी छन् । न्युयोर्कमा सन् १९१९ देखि प्रकाशित प्रतिस्ठित टाइम्स लेजर पत्रिकाले क्षेत्रीलाई सम्मानित गरेको हो ।
यस अघि पनि सन् २०१२ मा न्युयोर्क शहर डिस्ट्रिक्ट २५ काउन्सिल सदस्य डानियल ड्रमले इमिग्रेन्ट हेरिटेज अवार्डद्वारा सम्मान गरेका थिए भने युएसनेपालअनलाईनले सन् २०११ मा गेस्ट अफ अनरद्वारा सम्मान गरेको थियो ।
न्युयोर्क शहरको कुइन्सस्थित बिशेष गरी नेपाली दिदीबहिनीहरुको हक अधिकारको निम्ती कृयाशिल संस्था अधिकारकी कार्यक्रम तथा संगठन निर्देशक अधिकारकर्मी क्षेत्रीसँग नेपालमा झन्डै १५ बर्ष मानब अधिकारको क्षेत्रमा काम गरेको अनुभब छ।
अधिकारकर्मी नर्बदा क्षेत्रीकै सकृय नेत्रित्वमा अधिकारले न्युयोर्कका न्य आप्रबासी कामदार सम्बन्धी कृयाशिल संघ संस्थाहरुसंग मिलेर सन् २०१० को जून १ तारिख न्युयोर्क राज्य संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित गराउन सफल भईसकेको छ।
न्युयोर्क राज्यपछि हवाई, क्यालिफोर्निया, मासाचुसेट्स र ईलिनोई राज्यले घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित गरिसकेको छ । उता अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सन् २०११ मा घरेलु कामदारहरुको हक अधिकारको ग्यारेन्टी गर्दै अन्तर्राष्ट्रिय कानुन पारित गरिसकेको छ ।
त्यो कानुन पारित गराउन दबाब दिन अधिकारकर्मी क्षेत्री पनि अमेरिकी प्रतिनिधिहरुसँग जेनेभा पुग्नुभएको थियो । अमेरिकामा घरेलु कामदारहरु २५ लाख भएको र बिश्वभर दुई करोड ५ लाख भएको अनुमान गरिन्छ ।
अधिकार संस्थाको संगठन निर्देशकको रुपमा अन्य आप्रवासी हकका लागि संघर्सरत संघसंस्थाहरुसंग मिलेर न्युयोर्क राज्यबाट सन् २०१५ मा नेल्स सालुन टेक्निसियन कामदारहरुको हक अधिकार सम्बन्धी बिधेयक पास गराउन सक्नुलाई अधिकारकर्मी क्षेत्रीको अर्को सफलता र खुशीको कुरा हो ।
जसको फलस्वरुप न्युयोर्क राज्यमा अहिले नेल्स सलुनमा काम गर्ने बैधानिक कागज भएका या नभएका कुनै पनि कामदारले नेपाली लगायत बिभिन्न भाशामा सर्टिफिकेसनको लागि परिक्षा दिन सकिने ब्यबस्था बनेको छ ।
प्रतिक्रिया दिनुहोस्