पुष ६, २०८१ शनिबार

महिलाहरुको नेतृत्वले भ्रष्टाचार कम हुन्छ: एमाले नेता ज्ञावली



pradip 2

गुल्मी-नेकपा एमालेका सचिब तथा गुल्मी क्षेत्र नम्बर एकका उम्मेदवार प्रदिप ज्ञावलीले महिलाहरुको आर्थिक अवस्था माथि उठाउन सकेमात्र सम्बृद्ध समाज निर्माण हुने बताएका छन ।

ज्ञावलीले नेपालको आधा हिस्सा ओगटेका महिलाहरुको निति निर्माण तह र आर्थिक क्षेत्रमा हस्तक्षेपकारी भुमिका बढाउनुपर्ने बताएका हुन् । गुल्मीमा चुनाबी प्रचार प्रसारमा व्यस्त रहेका उनले जबसम्म महिलाहरु आर्थिकमा कमजोर हुन्छन तबसम्म समाजको सम्बृद्धी पनि सम्भब नभएको बताए ।

नेता ज्ञावलीले एउटा घरमा आमा शिक्षित नभइ छोराछोरी शिक्षित हुन नसक्ने बताए । उनले महिलाहरु दयाँ र बिचराका पात्र नभएको बताउँदैँ पौराणिककालमा महिलाहरुले नै समाजको नेतृत्व गरेको बताए । आगामी दिनमा महिलाहरु त्यही ठाउँमा आउनुपर्ने आवश्यकता औल्याउँदैँ ज्ञावलीले त्यसो हुन नसके विकास संम्भब नभएको बताए ।

pradip

प्रत्येक घरघरमा महिलाहरुको संख्या बढी भएपपनि महिलाका लागि दिइएको अधिकार कानुनमा मात्र सिमित रहेको ज्ञावलीको धारणा थियो । उनले संविधानमा व्यवस्था गरिएको अधिकारको कार्यान्यन गर्नका लागि सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताए । हरेक तह र निकायमा महिलाहरुको सहभागीता गराउन सके भ्रष्टाचार पनि कम हुने उनले बताए ।

उनले भने “ महिलाले नेतृत्व गर्दा भरस्टाचार कम हुन्छ” ।