मंसिर १२, २०८१ बुधबार

यी हुन् सासुले कन्यादान दिएकी बुहारी !अहिले आमाछोरी(भिडियो सहित)



काठमाडौ-‘लौ नानी अहिलेसम्म बुहारी बनाएर पालेँ, अव छोरीको रुपमा कन्यादान दिँदैछु’ पाँच बर्ष अघि गुल्मीको सदरमुकाम स्थित रेसुङ्गा नगरपालिका निवासी ६७ वर्षिया सासु लक्ष्मी नेपाललीले यसरी बिहे गरेर बिदाई गर्दा बुहारी उषा नेपालीका आँखा रसाएका थिए ।

नेपालमै पहिलो पटक सासुले विधुवा बुहारीको कन्यादान गरी बिदाइ गरेको घटना सायदै पहिलो थियो । त्यतीबेला बुहारी भएपनि छोरीको जस्तै मायाँ दिएर राखेकी सासुले आफैले केटा खोजेर बिहे गरीदिदा उषाका आँखा मात्रै रसाएका थिएनन् । बिहेमा भेला भएका सबैले लक्ष्मी नेपालीलाई उदाहरणीय काम गरेको भनेर स्यावासी समेत दिएका थिए ।

गुल्मीमा पहिलो पटक लक्ष्मी नेपाली र ससुरा ईस्वरी नेपालीले शुरु गरेको समाजपरिवर्तनको घटनाले अन्य ठाउँमा पनि पछि त्यस्तै कामहरु भएका छन । विगतमा सासुबुहारी भएर बसेका लक्ष्मी र उषाको सम्बन्ध आजभोली नजिकका आमाछोरीको रुपमा परिणत भएको छ ।

घरमा काम गरेर फुर्सद पाउने बित्तिकै उषा पुरानै घरमा आइपुग्छिन् भने चाडपर्व,मेलोमेसो पर्यो भने लक्ष्मीलाई उषालाई नखुवाई आफुलाई नरुच्ने बताउछिन् । विगतमा सासुबुहारी भएर बसेका यी लक्ष्मी र उषाको आमाछोरीको सम्बन्ध देख्नेहरु चकित हुन्छन।

विवाह गरेर घरमा आएदेखी नै छोरीको रुपमा व्यवहार गरेर जन्मदिने बुवाआमा भएपनि कर्मदिने बुवाआमा आफ्नो खुुसीमा रमाउने गरेको उषाले बताइन् । उनले भनिन “जबदेखी घरमा विहे गरेर आए,मेलै विधुवा भएर पनि बस्नु पर्यो,तर कहिल्यै नराम्रो व्यवहार गर्नुभएन ।”

बुहारीको कन्यादान गर्ने सासुससुरा अभिन्दित समेत भए……………

विधवा बुहारीलाई छोरी सरह कन्यादान गरेर घरबाट धुमधामका साथ बिबाह गराइ दिने एक महिलालाई नागरिक अभिनन्दन गरिएको छ। अमर कल्याण महिला विकास बहुउद्देश्यीय सहरकारीको संयोजनमा जिल्लाका सात वटा संस्थाले उनलाई तम्घासमा एक कार्यक्रम गरेर अभिनन्दन गरेका हुन्।

छोराको निधनपछि बुहारीको उज्वल भविष्यको कामना गर्दै कन्यादान गरेकी तम्घास बाघमारेकी लक्ष्मी नेपालीलाई नागरिक अभिनन्दन गरिएको हो। उनीसँगै उनका पति इश्वरीलाई पनि सम्मान गरिएको थियो।

सांसद कमला विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले लक्ष्मीका पति पत्नीलाई अभिनन्दन गरे। सांसद विश्वकर्माले गुल्मीबाट राम्रो कामको सुरुवात भएको र यहाँका महिलाहरु निकै उत्साहित भएको बताइन्।

बुहारीलाई छोरी मानेर बिबाह गर्ने सासु नेपाल छैनन्, उनले भनिन, उहाँले हिम्मतका साथ बुहारीलाई कन्यादान गरेपछि देशविदेशमा राम्रो सन्देश गएको छ। विश्वकर्माले बिबाह गरेको छोटो समयमै विधवा बनेका बुहारीलाई लक्ष्मीले जस्तै अर्को घरबारको लागि वातावरण बनाइदिनुपर्ने बताइन्।

चार वर्ष अघि बुहारी उषाको लक्ष्मीले घरबाटै कन्यादन गरेकी थिइन्। बिबाह गरेको एक वर्षमै छोराको निधन भएपछि उनले बुहारीको कन्यादान गरेकी हुन्। धुर्कोट रजस्थलका आशिषकुमार नेपाली र उषाको दामत्य जीवन अहिले निकै सुन्तर ढंगबाट अघि बढेको छ।

छोरोको मृत्युपछि कलिलै उमेरकी बुहारीको भविष्यप्रति चिन्ता लागेर घरबाटै छोरी समान बिबाह गरिदिएकी हुँ, लक्ष्मीले भनिन, अहिले उनीहरुको जीवन राम्रोसँग चलेको छ। दुई वर्षको नाति पनि छ।

चार वर्षअघि मलिन अनुहारमा बुहारीको कन्यादान गरेकी लक्ष्मी बिहीबारको अभिनन्दन कार्यक्रममा भने निकै हँसिलो मुद्रामा थिइन्। दुई वर्ष अघि जन्मिएको नातिलाई काखमा राख्दै उनले मञ्चमा चुम्बन गरिरहेकी थिइन्।

सोही कार्यक्रममा उपस्थित भएकी उषाले अहिले आफूहरुको दामत्य जीवन राम्रोसँग चलिरहेको प्रतिक्रिया दिइन्। ुश्रीमान कतारमा हुनुहुन्छ, बाबु जन्मिएको छ । हामी निकै खुसी छौँ, उनले भनिन, पहिलेको घरमा माइती सम्झेर आउने जाने गरिरहन्छु।ु उनले श्रीमानको मृत्युपछि अर्को घरबारका लागि वातावरण बनाइदिने सासु ससुरा र घरपरिवारलाई धन्यबाद दिइन्।

पाँच बर्ष पहिले बिधवा बुहारीको कन्यादान दिईन् सासुले ……..
‘लौ नानी अहिलेसम्म बुहारी बनाएर पालेँ, अव छोरीको रुपमा कन्यादान दिँदैछु’ – गुल्मीको तम्घास ३ कि ६२ वर्षिया लक्ष्मी नेपाललीले विधवा बुहारीलाई कन्यादान दिँदै भनिन् – ‘ अव माईतिको रुपमा मेरो घरमा आए, म छोरीको रुपमा सँधै स्वागत गर्नेछु ।’

लक्ष्मीले आफ्नी बुहारीलाई छोरीको रुपमा कन्यादान दिँदा बिबाहमा भेला भएका जन्ती र आफन्तजन सबैले आँसु बगाए । बिबाहमा सबै छोरीको जन्मिएको घरमा आमा बुबा र माईतिले कन्यादान दिन्छन् तर सोमबार गुल्मीमा सासु ससुराले आफ्नी बुहारीलाई कन्यादान दिदै गर्दाको दृष्य हो यो ।

आफ्नो जेठो छोराको मृत्यूभएपछि सदरमुकाम तम्घास ३ बाघमारे निबासी सासु लक्ष्मी र ससुरा ईस्वरी नेपालीले २४ वर्षिया उषा नेपालीको बिबाह धुर्कोट् रजस्थल १ निबासी सूर्य बहादुर नेपालीका छोरा २८ वर्षिय आशिष कुमार नेपालीसंग गरीदिएका हुन् ।

सासुआमाले आषिषलाई ज्वाईँको रुपमा जलखाई हिन्दुधर्मअनुसार दान दक्षिणा र सुनका गरगहना उपहार स्वरुप दिएकी थिईन् ।  यसअघि उषाको २०६३ साल असारमा तम्घास ३ का प्रदिप नेपालीसंग बिबाह भएको थियो ।

बिबाह भएको २ वर्षपछि प्रदिपको तम्घासमा रहस्यमय रुपमा मृत्यू भएकोले श्रीमानको मृत्यू नभई हत्या भएको भन्दै किटानी जाहेरी दिएपछि त्यसको फैसला पर्खेर बसेकी थिईन् ।

सर्बोच्व अदालतसम्म पुगेका उनीहरुलाई राजनैतिक पहुँचको आधारमा मुद्धा खारेज भएपछि हत्याको कुरा त्यतीकै ओझेलमा प¥यो र पतिको हत्याको न्यायिक छानबिनको लागि बसेकी उषालाई उनको ईमान्दारीताको कदर गर्दै बिबाह गरीदिएको उनका देवर शंकर नेपालीले बताए ।

छोराको मृत्यू भएपछि पनि घरमा लगनशिल भएर काम गरेकी बुहारीको मेहनेत, माया र ममताका कारण आफूले छोरीजस्तै मानेर बिबाह गरीदिएको सासु लक्ष्मीले बताईन् ।

‘ बिधवा भएको पनि ५ वर्ष भयो, एक्ली बुहारी माईतिमा जाने, निहु खोज्ने केही गरीनन्, – उनले भनिन् – छोराभएजस्तै घरमा लगनशिल भएर काम गरेकी छोरी जस्तै भएपछि सल्लाहले नै बिबाह गरीदियौँ ।’

उषाको लगनशिलता र ईमान्दारीताका कारण उनको बिबाहको कुरा चलाईएको र विधीपूर्वक नै बिबाह गरीदिएको उनका जेठाजु कृष्ण नेपालीले बताए ।

 

‘श्रीमानको मृत्यू भएपछि पनि ब्याबहार गर्ने उनको ईमान्दारीताले गर्दा हामीलाई सँधे उनको चिन्ता लाग्यो, – उनले भने – उनको भविष्यको लागी केही सोच्नुपर्छ भनेर हामी घर, माईति सबेको सल्लाहमा बिबाह गरीदिएका हौँ ।’

सन्तान नभई बिधवा भएर पनि ईमान्दार बुहारीको रुपमा घरमा बसीरहेपछि सासु, ससुरा जेठाजु र देवरहरुले असल छोरी जस्तै उषालाई बिबाह गरेर पठाउने सल्लाह गरे ।

‘हामीले घरबाटै विबाह गरीदिने सल्लाह गरेर उषाको माईतिमा खबर पठायौँ, – जेठाजु कृष्णले भने – उनको माईतिपक्षबाट पनि बिबाह गरदिने सहमति भएपछि खोजी गर्ने क्रममा जिल्लाकै धुर्कोट् रजस्थल १ का आशिष कुमार नेपालीसंग विबाह गरीदिने सहमति भयो । ’ आशिष पनि केही बर्षअघि श्रीमतिको मृत्यू भएपछि बिदुर थिए ।

उनी अहिले रोजगारीको शिलशिलामा भारतमा रहेका छन् । जैसीथो्क ५ लाकुँरीरुख निबासी उषाका माईतिबाट आमा र दाजुहरु पनि बिबाह समारोमा उपस्थित थिए ।

‘बहिनी तिम्रो पहिलो बिबाहमा म थिईँन् तर मलाई तिम्रो कन्यादान गर्न लेखेको रहेछ,’ – उनका जेठादाजुले बहिनीलाई टिका लगाउँदै भने – ‘पहिलो घरमा ईमान्दार भएर जसरी सासु ससुराको मन जित्यौ, अव पनि सबैलाई क्या राम्रो भन्ने बनाउनु ।’ भारतमा काम गर्ने दाजु बिष्णु सोमबार बिबाह समारोह भेट्याउन आएका थिए ।

बिधवा छोरीको भविष्य विग्रन नदिन र सबैको सल्लाहमा बिबाह गरीदिएको उषाकी आमा ६५ वर्षिया राजकुमारी नेपालीले बताईन् ।

‘ छोराछोरी नभई बिधवा भएपछि अलपत्र परेका धेरेका छोरी छन् , घर माईतिले उनका समस्या नबुझेर जिन्दगीभरी दुःख पाएका छन् – राजकुमारीले भनिन् – हामीले त छोरी एकपटक बिधवा भएपनि अव राम्रो होला भनेर घरपक्ष र माईतिका सबै बसेर सल्लाह गरेर बिहे गरीदियौँ ।’

कसैको करकापबाट नभई सबैको समझदारीबाट यसरी नाँैलो तरीकाले बिबाह भएकोले आफूले उषाको पहिलो घरले गरेको आशा र विश्वास अनुसार सँधे खुसी राख्ने बेहुला आशिषले बताए ।

‘यत्रो विश्वास गरेर आफ्नो बुृहारीलाई बिबाह गरेर दिनुभएको छ, – उनले भने – उषालाई चोट पर्ने काम गरेमा मलाई श्रीमतिको मात्र होईन मलाई विश्वास गरेर दिने उनका पहिलो घरका सासु ससुराको पनि श्राप लाग्नेछ । ’

उनको बिबाहमा छिमेकी र गैरदलितले समेत टिकोटालो गरी दक्षिणा दिएका थिए । श्रीमानको मृत्यूपश्चात पनि एकल जीवन विताउनुपरेपनि उषाले छिमेकीलाई मिलनसार भएर मन जित्न सफल भएकोले यसरी बिबाहमा सहभागी भएर बिदाई गरेको छिमेकी चन्दा घिमीरे बताउँछिन् ।

‘ कलिलो उमेरमै बिधवा बनेकी उषा सन्तान नभएर पनि श्रीमानको घरमा एकदम मिलनसार भएर बसीन्, हामीलाई पनि आफ्नै छोरीजस्तै लाग्यो र कन्यादानमा सहभागी भएँ ।’ उषाको विबाह समारोमा छिमेकका गैरदलितहरुले सम्पूर्ण व्याबस्थापन गरेका थिए ।