प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध डलरहित दुई महिलालाई पक्राउ गरेको छ।
सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट बैंककतर्फ अवैध रुपमा लैजान लागिएको ६९ हजार ५ सय ५० अमेरिकी डलरसहित दुई महिलालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ बस्ने सरला खड्का र काठमाडौं १६ बस्ने रिंकु गुरुङ रहेको प्रहरीले जनाएको छ।
नेपाल एयरलाइन्सको उडानद्वारा बैंकक जान लागेका उनीहरुलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त रकमसहित प्रहरीले फेला पारी पक्राउ गरेको हो।
उनीहरुमध्ये सरलाको साथबाट ३५ हजार ६ सय ५० र रिंकुको साथबाट ३३ हजार ९ सय अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ दुवै जनालाई रकमसहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्