काठमाडौं -महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले कर्मचारी जनताको स्थायी सरकार भएकाले प्रभाबकारी रुपमा सेवाप्रवाह गर्नुपर्ने बताइन् ।
समाज कल्याण परिषदले विहीवार आयोजना गरेको वडादशैको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले देशको जुनसुकै सामाजिक परिवर्तनका लागि कर्मचारीहरुको योगदान अतुलनिय रहेको धारणा व्यक्त गरिन् ।
उनले थापाले संघिय लोकतान्त्रिक गणतन्त्र सहितको शासनसत्ता जोगाउनका लागि सबै मिलेर अगाडी बढ्न आग्रह गरिन् ।
वडादशै सत्यको बिजयको रुपमा मनाइने पर्व भएपनि हाम्रो समाजमा पुर्ण रुपमा सत्यको विजय भइनसकेको उनको भनाइ छ ।
उनले समाजमा अझै पनि विभेद,शोषण,दमन,अन्याय र अत्याचार रहेका कारण त्यसलाई परास्त गर्न अभियान संचालन गर्नुपर्नेमा जोड दिइन् ।
मन्त्री थापाले विगतमा जनता भन्दा माथि कोही एकजना व्यक्तीले शासन गर्ने व्यवस्थाको अन्त्य भएर जनताद्धारा निर्वाचित जनताकै छोराछोरीले शासनसत्ता सञ्चालन गर्ने व्यवस्था शुरु भएको बताइन् ।
प्रतिक्रिया दिनुहोस्