कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा आत्महत्या गर्नेमध्ये ४३ प्रतिशत महिला तथा बालिका रहेका छन् ।
नेपालमा दुई हजार २१८ जनाले आत्महत्या गरेकोमध्ये ४३ प्रतिशत महिला रहको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्यांक अनुसार चैत ११ देखि साउन ४ सम्मको तथ्यांकमा महिला ८११ र बालिका १४१ छन् । त्यस्तै आत्महत्या गर्नेमध्ये पुरुष एक हजार १७२ र बालक ९४ रहेका छन् । यो कुल संख्याको ४७ प्रतिशत हो ।
आत्महत्याको मुख्य कारण मानसिक तनाव भएको प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही बताउँछन् । “प्रहरीले बढ्दो आत्महत्याको दर रोक्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभाग एवम् मनोपरामर्श दिने विभिन्न सङ्घ संस्थासँग समन्वय गरी आत्महत्या रोकथाम तथा न्यूनीकरणका काम गरिरहेको छ,”– उनले भने ।
यो अबधिमा झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गरेका छन् । झुण्डिएर एक हजार ८२८, विष खाएर ३४६, हाम फालेर १९, डुबेर १२, हातहतियारबाट आठ, आगो लगाएर चार र करेन्ट लगाएर एकजनाले आत्महत्या गरेका छन् ।
आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सन्चालन, समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत आत्महत्या गर्नसक्ने लक्षित वर्गको पहिचान गरी आत्महत्या न्यूनीकरणसम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन, नेपाल प्रहरीको सामाजिक सञ्जालमा आत्महत्या न्यूनीकरणका लागि सचेतनामुलक सामग्री सम्प्रेषण गरी आत्महत्याका घटनाको सूक्ष्म अनुसन्धान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्