काठमाडौं – कञ्चनपुरको बेलौरीमा गएराती धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ ।
बेलौरी नगरपालिका–७ भगतपुरकी ५५ वर्षीया बेलु खातीको अज्ञात समूहले हत्या गरेकोे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
सो समूहको आक्रमणबाट बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएका छन् ।
“गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ ”, प्रवक्ता थापाले भने, “घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।”
प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ । “सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ ,” थापाले भन्नुभयो
प्रतिक्रिया दिनुहोस्