नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ ।
केन्द्रमा कार्यरत ४६ वर्षीया महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको हो । जिल्लाको देवचुली नगरपालिकास्थित सो केन्द्रमा कार्यरत सबै कर्मचारीको पिसीआर परीक्षण गर्नुपर्ने भएकाले त्यसको नतिजा नआउन्जेल सम्मका लागि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्रीले जानकारी दिनुभयो ।
सेवा बन्द गरेर केन्द्रको निर्मलीकरण गर्ने काम भइरहेको समेत उहाँले बताउनुभयो । पछिल्लो समय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्