बैशाख २, २०८२ मंगलबार

महिला माथि हुने जघन्य अपराधमा जाहेरी नपर्खि कारवाही गर्न अन्तर पार्टी महिला सञ्जालको माग



काठमाडौँ- अन्तर पार्टी महिला सञ्जालले महिला माथिको हिंसा र अपराधलाई न्यूनीकरण गरी पिडितलाई न्याय दिलाउनका लागि सरकार संग माग गरेको छ । संञ्जालले गृहमन्त्री राम बहादुर थापा र संसदको . राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठलाई ९ बुदेँ माग राखेर ध्यानाकर्षण पत्र बुझाएको छ ।

संञ्जालले खास गरी फौजदारी प्रकृतिका अपराधहरू बलात्कार, बलात्कार पछि हत्या, बोक्सीको नाममा दिइने यातना, एसिड आक्रमण, पुरुषलाई फोन गरेको भनेर कपाल मुण्डन गर्दै मानव मल मुत्र खुवाउँदै कुटपिट गरेको जघन्य प्रकारका मानव अधिकार हनन र अपराधका घटनाहरूले सञ्जाललाई गंभिर बनाएको बताएको छ ।

संञ्जालले जघन्य प्रकृतिका घटनाहरूको निश्पक्ष रुपमा छानविन गरी अपराधिहरूलाई हदै सम्मको सजाय र पिडितलाई न्याय दिलाउनका लागि गृह मन्त्रालयको सक्रिय भूमिकाको माग गरेको छ ।

संञ्जालले विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरसको सक्रमणले नेपालमा पनि प्रभाव परेको जानकारी गराउँदै लकडाउनको अवधिमा घरेलु हिंसाका घटनाहरु बढेको बताएको छ ।

संञ्जालका अध्यक्ष साबित्रा भूसाल द्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा बझाङ्ग जिल्लाको मस्टा गाउँपालिका वडा नम्बर २ की १२ वर्षिय अबोध बालिका सम्झना कामी, सप्तरी, बारा, कैलाली, बर्दिया, धनुषा, कञ्चनपुर, हेटौडा, भक्तपुर लगायतका जिल्लामा बलात्कार र बलात्कार पछि हत्या भएका जघन्य अपराधका घटनाको निश्पक्ष रुपमा छानविन गरी सत्थतथ्य पत्ता लगाइ अपराधिलाई हदै सम्मको कारवाही गर्न माग गरिएको छ ।

संञ्जालका मागहरू :
१. बझाङ्ग जिल्लाको मस्टा गाउँपालिका वडा नम्बर २ की १२ वर्षिय अबोध बालिका सम्झना कामी, सप्तरी, बारा, कैलाली, बर्दिया, धनुषा, कञ्चनपुर, हेटौडा, भक्तपुर लगायतका जिल्लामा बलात्कार र बलात्कार पछि हत्या भएका जस्ता जघन्य अपराधका घटनाको निश्पक्ष रुपमा छानविन गरी सत्थतथ्य पत्ता लगाइ अपराधिलाई हदै सम्मको कारवाही होस् ।

२. बलात्कार तथा बलात्कार पछि हत्याका अपराधमा निश्पक्ष रुपमा छानविन गरी अपराधिलाई हदैसम्मको सजाय हुने सजाय दिनुका साथै यस सम्बन्धमा विद्यमान कानुनको अध्ययन गरी आवश्यकता अनुसार पुनरावलोकन गर्नकालागि जोडदार माग गर्दछौं ।

३. बलात्कार, बलात्कार पछि हत्या, बोक्सीको नाममा दिइने यातना, एसिड आक्रमण, पुरुषलाई फोन गरेको भनेर कपाल मुण्डन गर्दै मानव मल मुत्र खुवाउँदै कुटपिट गरेको आदि मुद्दाहरू सरकार वादी मुद्दा हुने भएकोले यी मुद्दाहरू हेर्नका लागि महिला न्यायाधिस सहितको ँबकत त्चबअप ऋयगचत को व्यवस्था गरियोस् भनी जोडदार माग गर्दछौं ।

४. सिरहा, धनुषा लगायतका स्थानमा हालै मात्र बोक्सीको नाममा धामी खाखि कतिपय अबस्थामा भारतबाट धामी बोलाइ कुटपिट गर्ने, पन्यू तताएर डाम्ने जस्ता जघन्य प्रकृतिका मानव अधिकार हननका घटनाहरू घटेको पाइयो । उक्त घटनाको निश्पक्ष रुपमा छानविन गरी सत्थतथ्य पत्ता लगाइ अपराधिलाई हदै सम्मको कारवाही होस् ।

५. बलात्कार, बलात्कार पछि हत्या, बोक्सीको नाममा दिइने यातना, एसिड आक्रमण, पुरुषलाई फोन गरेको भनेर कपाल मुण्डन गर्दै मानव मल मुत्र खुवाउँदै कुटपिट गरेको आदि मुद्दाहरू सरकार वादी मुद्दा हुने भएकोले यी मुद्दाहरूमा जाहेरी नपर्खि कर्तब्य ज्यान सरह नै सक्रिय भएर पक्राउ गर्ने र मुद्दा अगाडि बढाउने कार्य गर्नका लागि गृह मन्त्रालय मातहतका प्रशासनिक निकायहरू तथा नेपाल प्रहरीलाई निर्देशन गर्नका लागि जोडदार माग गर्दछौं ।

६. नेपालमा गणतन्त्र स्थापना, शान्ति प्रकृयालाई पूर्णता दिने, स्विधान निर्माण भै महत्वपूर्ण कानुन निर्माण र तिनै तहको निर्वाचन भई संघीयता कार्यान्वयन भइसकेको वर्तमान परिपे्रक्षमा नेपाल सरकारले राष्ट्रसेवक कर्मचारी तथा सुरक्षा कर्मी लगायतका मातहतका कर्मचारीहरूलाई अहिलेको राजनितिक प्रणालीका साथै अपराध संहिता, बोक्सी सम्बधि, एसिड आक्रमण, घरेलु हिंसा, कार्यस्थलमा हुने दुव्यवहार, छुवाछुत, छाउपडि लगायतका ऐन कानुनको बारेमा व्यापक रुपमा प्रशिक्षण दिनका साथै घटनाको छानविनको गर्नका लागि आधुनिक प्रविधिसहितको यन्त्र उपकरणहरु र आवश्यक साधन स्रोतको व्यवस्थापन होस ।

७. महिला माथि हुने सबै प्रकारका विभेद, महिला हिंसा, बलात्कार पछि हत्या, बोक्सीको नाममा यातना र हत्या, घरेलु हिंसा लगायतका कानुन सम्बन्धमा व्यापक रुपमा जन चेतना जगाउनु आवश्यक भएकोले विद्यालयको पाठ्यक्रममा समावेश गरी पढाउने र जन प्रतिनिधि, विषेश गरी स्थानीय तहका जनप्रतिनिधि लगायत समाजका अगुवाहरूलाई प्रशिक्षण गरी उनीहरू मार्फत् व्यापक जनचेतना फैलाउन माग गर्दछौं ।

८. वलात्कारको घटनामा मेल मिलाप गराउने र त्यसको लागि मध्यस्तकर्ताको भूमिका खेल्ने व्यक्तिहरुलाई घटनाको मतियारको रुपमा कारवाही होस् ।

९. बलात्कार, मानव बेचविखन, वोक्सी लगायतका अन्य सामाजिक कुरिति सम्वन्धिका पिडितहरुलाई क्षतिपुर्ति उपल्वध गराउनुका साथै समाजमा स समान जीवनयापन गर्ने व्यवस्था गरियोस् ।