जुम्ला – पूर्वराज्य मन्त्री तथा नेकपा नेता गोमा कुवँर र चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाललाई कोरोना संक्रमण देखिएको छ । पुर्वराज्य मन्त्री कुवँर र नगरप्रमुख सेजुवालको शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा शनिबार दुवै जनालाई कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।
पूर्वराज्य मन्त्री कुवँरले भनिन् “उच्च ज्वरो आउदा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । हाल स्वास्थ्यमा अन्य कुनै समस्या छैन् । स्वास्थ्य अबस्था सामान्यनै रहेको छ ।” कुवँरले प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई तत्काल पिसिआर जाँच गर्न होम आइसोलेसनमा बस्न आग्रह गरेकी छन् ।
यता चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालका अनुसार कोरोना संक्रमण देखिए पनि अहिले कुनै पनि लक्ष्यण देखिएको छैन । संक्रमणबाट छिटै मुक्त भएर नागरिकका दैनिक काममा फर्किने विश्वास लिएको उनले बताइन् । उनले भनिन् “नागरिकहरुकै सेवामा खटिने क्रममा संक्रमित भएको पत्तो पाईन् ।” आफ्नो ज्यानको प्रवाह नगरेर पनि नागरिकलाई बचाउने उनको प्रतिबद्धता छ ।
प्रतिक्रिया दिनुहोस्