झापा– झापाको एउटा सहकारीले एकल महिला र पुरुष दुवैलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत भत्ता वितरण गरेको छ ।
विर्तामोडमा प्रधान कार्यालय रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सदस्य रहेका ५८ वर्ष नाघेका एकल पुरुष र सबै उमेरका एकल महिलालाई भत्ता दिएको हो ।
संस्थाका अनुगमन अधिकृत घनश्याम रायाका अनुसार ५८ वर्ष नाघेका एकल पुरुषलाई वार्षिक रु छ हजार र एकल महिलालाई वार्षिक रु आठ हजारका दरले भत्ता दिइएको छ ।
५ सय १० एकल महिला र छ एकल पुरुषले भत्ता पाएका छन् । यसवर्ष दशैँको मुखमा चाडवाड मनाउन सहज होस् भनेर वार्षिक हिसाबले भत्ता वितरण गरेको संस्थाका सचिव महेन्द्र गिरीले बताए ।
यसवर्ष रु ४० लाख ८० हजार सामाजिक सुरक्षा भत्ता घरघरै पुगेर वितरण गरिएको गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्