लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायव सुब्बा) को परिक्षाका लागि आवेदन आह्वान गरेको छ । आयोगले बुधबार देशभरका विभिन्न कार्यालयबाट ६२ जना महिला सहित ४१२ जनाको लागि आवेदन आह्वान गरेको हो ।
जसमध्ये धनकुटाबाट महिला ७ जना सहित ४७ जना, जलेश्वरबाट ८ महिला सहित ४९ जना, काठमडौंबाट २३ महिला सहित १५१ जना, पोखराबाट ७ महिलासहित ५२ जना, बुटवलबाट ७ महिलासहित ५३ जना, सुर्खेतबाट ३ महिलासहित २३ जना र दिपायलबाट ७ महिला सहित ३७ जनाका लागि आवेदन आह्वान गरिएको नारीखबर छ ।
प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु ४ सय र समावेशी तर्फ आवेदन दिन चाहनेले थप समूहका लागि रु २ सय तिरेर आवेदन गर्न सकिने लोकसेवाले जनाएको छ । आवेदन अनलाइनबाट गर्न सकिने छ तर दरखास्त शुल्क राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आई.एम.ई. बैंक, एन.आइ.सी. एशिया बैंक, कुमारी बैंक मध्ये आफूलाई पायक पर्ने बैंकबाट बुझाउनु पर्ने छ ।
कसरी पैसा तिर्ने र फारम भर्ने ?
आयोगको अनलाईन दरखास्त प्रणालीबाट फर्म submit गरेपछि Payment Tab को view applied advertisement मा Click गरि आफूले Apply गरेको list मा रहेको “तिर्नुहोस्” Link मा Click गर्ने । त्यसपछि देखिने शर्त मञ्जुर गर्ने Check Box मा Tick लगाउने ।
त्यसपछि देखिने राष्ट्रिय वाणिज्य बैंक/ग्लोबल आई.एम.ई. बैंक/एन.आइ.सी. एशिया बैंक/कुमारी बैंक मध्ये आफूलाई पायक पर्ने कुनै एक बैंकमा क्लिक गर्नु पर्नेछ । सो पश्चात अनलाइन वा बैंक भौचर मध्ये आफूले भुक्तानी गर्ने कुनै एक विधि छनौट गरिसकेकपछि तलका विकल्पहरुबाट दरखास्त दस्तुर बुझाउन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्