काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभा सदस्यमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जसपाको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले मधेस प्रदेशमा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राष्ट्रियसभाको १९ सिटमा सत्ता गठबन्धनमा भएको भागबण्डामा जसपाले मधेशको एक सिट पाएको थियो ।
रौतहटकी चौधरी जसपाका कार्यकारिणी सदस्य गोविन्द चौधरीकी छोरी हुन् । गत निर्वाचनमा उनी प्रदेश सभा सदस्यमा उम्मेदवार थिइन् । तर पराजित भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्